बुधबार, २८ माघ २०८२

बंगलादेश आम निर्वाचन : उत्तर बंगलादेशको धरोहर, समावेशी समाज र बिमस्टेकसँगको सम्बन्ध


बंगलादेशको १३औँ आम निर्वाचन २०२६ लोकतान्त्रिक, प्रतिस्पर्धात्मक र शान्तिपूर्ण वातावरणमा जारी छ। २२ जनवरीदेखि आधिकारिक रूपमा अभियान सुरु भएको थियो र देशभरका मतदाताहरूले उत्साहका साथ मतदान प्रक्रियामा भाग लिइरहेका छन्।

यो निर्वाचन मुख्यतः बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी र जमात–ए–इस्लामी बीचको कडा प्रतिस्पर्धाको रूपमा देखा परेको छ। विश्लेषकहरूको अनुमान अनुसार पूर्व आवामी लिग समर्थक मतदाताहरूका १० देखि १५% मतले परिणाममा निर्णायक भूमिका खेल्न सक्छन्। मतदाताहरू आफ्नो निर्णय गर्दा स्थानीय मुद्दा, आर्थिक स्थिरता, सुरक्षा र सामाजिक समरसतालाई प्राथमिकता दिइरहेका छन्।

अल्पसंख्यक मतदाता र राजनीतिक समावेशन

बंगलादेशमा विश्वकै तेस्रो ठूलो हिन्दू समुदाय बसोबास गर्छन् । करिब १३.१३ मिलियन (७.९५%)। यद्यपि उनीहरूको सामाजिक र आर्थिक योगदान महत्वपूर्ण भए पनि राजनीतिक प्रतिनिधित्वमा असन्तुलन देखिन्छ। बिएनपीले अल्पसंख्यकबाट केवल दुई प्रतिनिधि प्यानलमा राखेको छ। विशेषज्ञहरूले बताएका छन् कि यी अल्पसंख्यक मतदाताहरूले निर्णायक भूमिका खेल्न सक्छन्, जसले सुरक्षा, समान नागरिक अधिकार र समावेशनलाई प्राथमिकता दिन्छन्।

उत्तर बंगलादेश: सांस्कृतिक धरोहर र सामाजिक समग्रता

उत्तर बंगलादेशका जिल्लाहरू: जस्तै दिनाजपुर, ठकुरगाँव, पञ्चगढ, रंगपुर, नीलफामारी, ललमनिरहाट, गैबन्धा, कुरीग्राम, जॉयपुरहाट र नाओगाँव—कृषि, सांस्कृतिक विविधता र परम्परागत जीवनशैलीका दृष्टिले महत्वपूर्ण छन्। यहाँ हिन्दू, मुस्लिम र अन्य समुदायले सँगसँगै कृषि, शिक्षा, व्यापार र सामुदायिक व्यवस्थापनमा लामो समयदेखि साझेदारी गर्दै आएका छन्।

यी क्षेत्रहरू राष्ट्रिय खाद्य सुरक्षाका लागि महत्वपूर्ण छन्। यहाँ धान, मकै, आलु र तरकारीजस्ता अन्नहरू उत्पादन हुन्छन् र बंगलादेशका आन्तरिक तथा छिमेकी देशसँगको व्यापारमा योगदान पुर्‍याउँछन्।

उत्तर बंगलादेशका मन्दिरहरू, विशेष गरी दिनाजपुरको कन्ताजी मन्दिर, धार्मिक मात्र नभई सांस्कृतिक केन्द्रको रूपमा महत्त्वपूर्ण छन्। १७०४–१७२२ ई. मा निर्मित यो मन्दिर मिटेराकोटा शिल्पकला र भक्तिभावको प्रतीक हो।

सह-अस्तित्व र सामाजिक सम्मानले यहाँको समुदायमा समावेशी संस्कृति र सहिष्णुतालाई सुदृढ बनाएको छ, जुन उत्तर बंगलादेशको सामाजिक तथा राजनीतिक स्थिरताको प्रतीक बनेको छ।

बिमस्टेक सञ्जालमा उत्तर बंगलादेशको भूमिका

बंगलादेशको २०२६ आम निर्वाचन केवल आन्तरिक राजनीतिक घटना नभएर यसले BIMSTEC (भारत, नेपाल, भुटान, श्रीलंका, म्याँमार, थाइल्याण्ड) क्षेत्रका लागि पनि महत्वपूर्ण निहितार्थ राख्दछ।

उत्तर बंगलादेश नेपालका लागि प्रमुख व्यापारिक र कनेक्टिविटी मार्ग बनेको छ, जसले बंगलादेश–नेपाल सिमाना नजिकको व्यापारिक मार्गहरू र भूमि-पोर्टहरूलाई सशक्त बनाउँछ।

स्थानीय व्यापारी, ढुवानी कम्पनी र उद्यमीहरूले बंगलबन्ध पोर्ट, क्षेत्रीय हाईवे नेटवर्क र मल्टिमोडल कनेक्टिविटी परियोजनाहरूको महत्व जोड दिएका छन्। भविष्यमा लजिस्टिक्स, कृषि प्रशोधन र ऊर्जा व्यापार (जस्तै हाइड्रोपावर) मा सहयोगले BIMSTEC भित्र आर्थिक संयोजन र रोजगारी सृजना गर्न ठूलो सम्भावना देखिएको छ।

निष्कर्ष

बीएनपी र जमात–ए–इस्लामी बीचको प्रतिस्पर्धा निर्वाचनको मुख्य केन्द्रबिन्दु हो। अल्पसंख्यक मतदाता र पूर्व आवामी लिग समर्थक मतदाता परिणाममा निर्णायक प्रभाव पार्न सक्छन्। शान्तिपूर्ण मतदान र लोकतान्त्रिक प्रक्रिया बंगलादेशको राजनीतिक परिपक्वता देखाउँछ। उत्तर बंगलादेशको सांस्कृतिक विविधता, सामाजिक समावेशन र बिमस्टेकसँगकाे कनेक्टिविटी यसलाई क्षेत्रीय शान्ति, समृद्धि र सहयोगका लागि महत्वपूर्ण बनाउँछ।

पाटिल, बिमेस्टक राजनीतिक तथा रणनीतिक विश्लेषक हुन्

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ