बिहिबार, ०४ वैशाख २०८२

बालेनलाई राजेन्द्र लिङदेनकाे चेतावनी- धेरै हिरो भएर पत्र नकाट्नू, फोहोर रहनेवाला छैन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आजको कार्यक्रमका बारेमा पत्र नकाट्न चेतावनी दिएका छन् ।

मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गरेर सकिएपछि अध्यक्ष लिङदेनले यस्ताे चेतावनी दिएका हुन् ।

उनले कार्यक्रमस्थलमा फोहोर भए/नभएकाे अनुगमन गर्न पत्रकार र नागरिक समाजलाई आग्रह गरे ।

‘एउटा सूचना दिन बिर्सिएछ । दुईतिर सूचना छ । एउटा हाम्रो बालेनजीलाई। यो काठमाडा महानगरभित्र पर्छ होइन? बालनजीलाई आजको कार्यक्रमकाे बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान म आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन’, उनले भने, ‘पत्रकारहरू, नागरिक समाजले अनुगमन गरिदिनुहाेला है । भोलिचाहिँ फोहोर गरेवापत भनेर चिठी नआओस् ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ