- असार ०७, २०८०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ।
जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिन उनलाई सिंहदरबार ल्याइएको हो।
गत भदाै २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको सम्बन्धमा आयोगले लामिछानेसँग बयान लिन लागेकाे हाे।
आयोगले यसअघि नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने भदौ २४ गतेकाे प्रदर्शनमा असुरक्षाको कारण देखाउँदै बाहिरिएका थिए। प्रशासनले कारागारबाट बाहिरिएकालाई फर्किन आग्रह गरेपछि उनी पुन: कारागारमै फर्किएका थिए।
टिप्पणीहरू: