- फागुन ०७, २०८१
काठमाडौं । श्री ढोरपाटन रान्मा हाइड्रोपावर प्रालिद्धारा प्रस्तावित ३६.६ मेघावाट क्षमताको रान्मा खोला जलविद्युत आयोजनाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
गत शनिवार रुकुमपूर्वको पुथ उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडा नं २ का अध्यक्ष जगत घर्तिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम वडा नं ३ का वडाअध्यक्ष बमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जिल्ला समन्वय समिती सदस्य बलक्रम बुढाको आतिथ्यमा आयोजनाका प्रतिनिधि अजय कुमार सापकोटाको समेत उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । आयोजना क्षेत्र वडा नं १,२,३,५ का स्थानीयय जनता, जनप्रतिनिधि, शिक्षक, बन समितिका अध्यक्ष, लगायतका करीव एकसय बढीको जनाको उपस्थितिमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा आयोजनाका परामर्शदाता श्री इन्भारोमेन्टल पार्टनस् प्रालिका तर्फबाट प्रमुख शंकर बस्यालले आयोजनाको बारेमा जानकारी गराउदै वातावरणमा पर्नसक्ने प्रभाव र निराकरणका उपायहरुका बारेमा जानकारी गराए । स्थानीय जनताबाट उठेका गुनासा एवं सुझावका बारेमा प्रष्ट पारे । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष घर्ती, जनप्रतिनिधीहरु, शिक्षक लगायत बिभिन्न सरोकारवालाहरुले आआफ्नो धारण राखेका थिए । आयोजना छिटो बनाउन पर्नेमा स्थानीयले जोड दिएका थिए ।

स्थानिय जनता तथा जन–प्रतिनिधि एवं बुद्धिजीवीले आयोजनाले छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने भन्दै स्थानिय सरकार, गाउँपालिका, वडा कार्यालय र स्थानियवासीको समन्वयमा कार्य अगाडि बढाउन सुझाव दिए । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम पारदर्शिता र स्थानीयवासीको हितमा खर्च गर्नु पर्ने, स्थानीयलाई कुनै एक बिशेष शिपमूलक तालिम दिई स्वरोजगार बनाउनुपर्ने स्थानीयको माग थियो ।
साथै स्थानीयको शिक्षा, स्वास्थ्य तथा रोजगारी र सडक मार्गमा विशेष ध्यानदिनु पर्ने जस्ता विषयहरुमा स्थानीयले आवाज उठाएका थिए ।
रन्मा खोलामा बन्न लागेको सो आयोजना ३६.६ मेघावाट हुने तथा सो आयोजनाले सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वको कार्यक्रम र वातावरणिय प्रभाव न्यूनिकरणमा कार्यक्रममा खर्च हुने जानकारी गराएका थिए । साथै आयोजना क्षेत्रका जनतालाई जानकारी गराउने उद्धेश्यले अवस्थिति, निमार्णस्थल, सकारात्मक तथा नकारात्मक प्रभावहरु र सोको न्यूनिकरणका उपायहरुको जानकारी रहेको मस्यौदा वातावरणिय प्रतिवेदनको सम्क्षिप्त जानकारी बिवरण पनि परामर्शदाताको तर्फबाट सो अवसरमा वितरण गरिएको थियो ।
टिप्पणीहरू: