- असार ०७, २०८०
काठमाडौं । शिक्षकमा जागिर दिने भन्दै चार लाख पचास हजार रुपैयाँ घुस लिएको आराेपमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।
प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा विधिपूर्वक दिइएको दरखास्त प्रक्रियामै घुस मागेका थिए । घुस दिए मात्रै प्रकृया अघि बढाउने सर्त राखेपछि सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए । उजुरीका आधारमा आयोगको टोली खटिएको थियो। प्राध्यापक शाहले विचाैलियामार्फत ४ लाख ५० हजार रुपैयाँ घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम बिचाैलिया साहुकानुलाई बुझाएका थिए ।
उनीहरूलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो। अहिले दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
टिप्पणीहरू: