शुक्रबार, ०५ भदौ २०८३

प्रधानमन्त्री शाह पोखरामा


गण्डकी । प्रधानमन्त्री वालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज अपराह्न पोखरा आइपुगेका छन् । उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्ने कार्यक्रम रहेकाे छ । 

प्रधानमन्त्री शाह अस्ताम आइपुगेकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 

“प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आएका हुन्, उgको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ”, उनले भने “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन ।” 

स्थानीयवासी शोभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुसी भएको प्रतिक्रिया दिए । “अस्ताममा सडक, खानेपानीको समस्या छ, प्रधानमन्त्री नै यहाँ आउनुभएपछि गाउँलेका समस्या सम्बोधन हुने आशा छ”, उनले भने । 

प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताए । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौँदेखि सडकमार्ग हुँदै पोखरा आएका हुन् । उनी शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ