मङ्गलबार, ०४ कात्तिक २०८२

प्रधानमन्त्री कार्की तिलगङ्गा अस्पतालमा


फाइल तस्बिर

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छन्।

प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पताल व्यवस्थापनले जनाएको छ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा पुगेको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ