- असार ०६, २०८०
काठमाडाैं । जेनजी आन्दाेलनकाे क्रममा जलेर ध्वस्त भएकाे पार्टी कार्यालय पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी कार्यालय बनाउने घोषणा गरेका छन्।
मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनपछि नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए।
‘क्षति त पुर्याइयो, पुग्यो। तर, अब म के भन्न चहन्छु, भने सिगो पार्टी पक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यको सहयोगमा पार्टीको नयाँ कार्यालय भवन भव्य बनाइनेछ’, प्रचण्डले भने।
जेनजी आन्दोलनपछि केही दिन सैनिक ब्यारेकमा रहेका उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।
नेताहरूसहित कार्यालयमा पुगेका उनले कार्यालयमै रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरे।
टिप्पणीहरू: