शुक्रबार, १५ साउन २०८३

सिंहदरबारमा मधेसका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ