- असार ०६, २०८०
भद्रपुर । रतुवा खाेलामा शब भेटिएकाे रमा तिवारीको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रहरी हत्यामा संलग्नकाे नजिक पुगिसकेको जनाइएको छ । शव फेला परेको भोलिपल्ट आइतबार शवको पहिचान भएर सनाखत भएपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दमक वडा नं. ८ वसन्त टोल बस्ने नारायण तिवारीकी २१ की रोमा भन्ने रमा तिवारीको आइतबार परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ ।
रमा जेठ १३ गते राति साढे ९ बजे घरबाट हिँडपछि घर फर्किएकी थिइनन् । उनका साथी सङ्गतबाटै घटना भएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।
शनिबार बिहान ११ बजे दमक–१० स्थित सेतुमारी पुलमुनि रमाको शव फेला परेको थियो । बोरामा बाँधेर रतुवा खोलाको पानीमा फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
पाइपले घाँटीमा कसेर उनको हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । उनको घाँटीमा पाइपले कसेको चिन्ह रहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू: