आइतबार, १७ जेठ २०८३

काठमाडाैंकाे जडिबुटीमा प्रहरीले गाेली हानेर लुटेरा पक्राउ गर्याे


काठमाडौं । काठमाडौंको जडीबुटीमा प्रहरीले खुट्टामा गोली हानेर एक जनालाई पक्राउ गरेको छ ।

जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की रहेका छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

शनिबार दिउँसो सुकेधारामा एक महिलामाथि लुटपाटकाे घटनामा संलग्न कार्कीले महिलाबाट सुनसहितका गरगहना लुटेका थिए ।

सो घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो। । अर्का एकजनालाई भने साँझ जडीबुटीबाट गोली चलाएर पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ