- असार ०७, २०८०
काठमाडौँ। घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्।
७८ लाख घुस मागेकाे अडियो बाहिरिएपछि विवादित बनेका मन्त्री गुप्तासँग छलफल गर्न प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएका हुन्।
कास्कीकाे मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख घुस मागेको अडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भइरहेको छ। साेही विषयमा सोधखोज गर्न प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बोलाएको बताइएकाे छ।
मन्त्री गुप्ता पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन्।
टिप्पणीहरू: