बिहिबार, २४ वैशाख २०८३

भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले व्यवसायी भट्टलाई पाँचौँपटक र अग्रवाललाई छैटौँ पटक अनुसन्धानका लागि म्याद थप गर्ने अनुमति दिएको हो । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ