शुक्रबार, ११ मंसिर २०८३

पूर्वमुख्यसचिव अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शुक्रबार अदालतमा पेश गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।

मलेसियाको वैदेशिक रोजगारीको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ गरिसकेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ