शुक्रबार, ११ मंसिर २०८३

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराए


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका थिए । 

साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

छिमेकी मुलुक भारत भ्रमण जानु अघि प्रधानमन्त्री शाहले राष्ट्रपति पाैडेललाई भ्रमणकाे विषयमा ब्रिफ नगरेकाे भनेर आलाेचना भएकाे थियाे । त्यसाे त विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्रीसँग गरिने छलफल पनि प्रधानमन्त्री बालेनले अस्वीकार गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ