शनिबार, ३० चैत २०८१

पाथीभरामा केबलकार निर्माण विवाद: पूर्वका ९ जिल्ला बन्द, जनजीवन प्रभावित


ताप्लेजुङकाे पाथीभरामा केबलकार निर्माणको विरोधमा पूर्वका ९ जिल्ला बन्दकाे आह्वान गरिएकाे छ।

केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथा, विभिन्न राजनीतिक दललगायतले आज र भाेलि पूर्वका ९ जिल्ला बन्दकाे आह्वान गरेका हुन्।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा बन्दकाे आह्वान गरिएकाे हाे।

बन्दका कारण कोशी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ भने तराईका जिल्लामा भने सामान्य प्रभाव परेकाे छ। बन्दले खासगरी यातायातका क्षेत्र प्रभावित बनेकाे छ।

केही क्षेत्रमा बन्दकर्ता सडकमा जम्मा भएर नाराजुलुससहित प्रदर्शन गरिरहेका छन्। उनीहरुले ‘केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर’लगायतका नारा लगाएका छन्।

बन्द प्रभावित क्षेत्रमा ठुलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ।

पाथीभरामा केबलकार निर्माण प्रक्रिया सुरु भएदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने भन्दै विरोध हुँदै आएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ