- असार ०७, २०८०
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका साहविरुद्ध बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले जिल्ला अदालत रौतहटमा अवहेलना मुद्दा दर्ता गरेका हुन्।
साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए। उनकाे अभिव्यक्तिले अदालत र न्यायाधीशको अपमान गरेको भन्दै मेयर यादवले गत शुक्रबार मुद्दा दर्ता गरेका हुन्।
टिप्पणीहरू: