शुक्रबार, २९ चैत २०८१

पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ हाे: गृहमन्त्री लेखक


काठमाडौं। गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ पनि भएको बताए ।

‘हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ’, मन्त्री लेखकले भने, ‘स्वतन्त्र, व्यवसायिक, निश्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ।’

उनले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यवसायिकतामाथि र निश्पक्ष रुपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभुत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाए ।

पत्रकारिता पनि मर्यादित, व्यवस्थीत र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो । ‘कपोकल्पित समाचारहरु सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालको भ्रमहरु सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्ने लगायतका गतिविधिबाट आफू र सञ्चारगृह जोगाउन तपाईंहरुलाई आग्रह गर्दछु,’ मन्त्री लेखकले भने, ‘त्यस्ता गतिविधि बढ्यो भने समग्र सञ्चार जगतप्रतिको विश्वास कमजोर हुन्छ ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ