- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत अन्य नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह पनि उनले गरे ।
विगत ४ दिन देखि इलामलगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफनो उद्योग बन्द गरेका छन् ।
टिप्पणीहरू: