- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा संलग्न भएकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धानले बयानका लागि घरमा म्याद तामेल गरेपछि पूर्वमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर इमेल मार्फत पठाएकी छिन्।
स्रोतका अनुसार आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आइडीमा मेल आएको छ । मेलमा आफू उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा लेख्दै अनुसन्धानमा सहयाेग गर्ने उल्लेख छ ।
पासपोर्ट खरिद प्रकरणकमा अनुसन्धान अघि बढाएपछि अख्तियारले आरजुको बूढानीलकण्ठस्थित घरमा म्याद तामेल समेत गरेको थियो । जहाँ बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन भनिएको छ ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु, उनका पति तथा पूर्वप्रधानमन्त्री, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर छन् ।
गत भदाै २३/२४ मा भएकाे जेन्जी आन्दाेलनमा घाइते भएका देउवा दम्पत्ति अहिले विदेशमा छन् । उपचारका लागि भन्दै २१ फागुनकाे निर्वाच भन्दा केही अघि उनीहरुले मध्येरातमा देश छाडेका थिए ।
टिप्पणीहरू: