शनिबार, २४ जेठ २०८२

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन: रास्वपा (भिडियाे)


काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरेकाे छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपाका सांसद शिशिर खनालले सो प्रकरणमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म सदन चल्न नदिने बताए।

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौँको अबैध असुलीको र्‍याकेट चलिरहेको छ। गृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदोरहेछ। तर किन उहाँलाई अध्यागमनमा पठाइयो। गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ’,उनले भने, ‘याे घटनाको छानबिनका लागि एक उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ। त्यो नहुँदासम्म संसद् चल्न सक्दैन।’ 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ