मङ्गलबार, ०९ पुस २०८१

प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा उजुरी


काठमाडौँ, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। पार्टी कार्यालय निर्माणका नाममा एक व्यक्तिसंग जग्गा  लिएको र  व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको हो । 

सिन्धुलीका युवराज पौडेल (सफल)ले आज आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ । 

भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित)ले दान दातव्य उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै उजुरीमा देशकै प्रधानमन्त्री कानुन उल्लङ्घन गरेको उल्लेख छ । 

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले  एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ । एमालेका केही नेताहरुले दान प्रकरणलाई पुन्य कर्म भनेर दावी गरे पनि स्वयं एमाले कार्यकर्ताहरुले पार्टी नेतृत्वले गलत गरेकाे टिप्पणी गरेका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ