- असार ०६, २०८०
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई जनालाई थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो ।
दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको हो ।
टिप्पणीहरू: