शुक्रबार, ३० जेठ २०८२

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षीकाे विराेध


फाइल तस्विर

काठमाडाै‌ं ।  प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले उठेर नारावाजी गरेका छन् । बुधबार दिउँसाे ३ : १५ बजेपछि सुरु भएकाे प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले उठेर विराेध गरेका हुन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरेका हुन् । 

सभामुख देवराज घिमिरेले बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध गरेका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ