शुक्रबार, ३० जेठ २०८२

प्रतिपक्षीले आज पनि चल्न दिएन संसद्, बैठक स्थगित


फाइल तस्बिर

काठमाडौँ। प्रतिपक्षी दलहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ।

बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हाे।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि संसद चल्न नसकेकाे हाे।

आज दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठक आजै ३ः१५ बजे बस्नेगरी सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर बैठक सारेको थियो। केही ढिला गरी सुरू भएकाे बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाए।

सभामुख देवराज घिमिरेले पटक पटक सहज रुपमा सभा सञ्चालन गर्न आग्रह गरेपनि विपक्षी दलहरुले अस्वीकार गर्दै विरोध जनाए। त्यसपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाई बैठक स्थगित भएको सदनलाई जानकारी गराए।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्नेछ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ