बुधबार, १६ वैशाख २०८३

संसद् छलेर ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलकाे आग्रह


काठमाडाैं । सरकारले संसद् छलेर ल्याएका अध्यादेश जारी नगर्न विपक्षी दलले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। 

बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले संसद् छलेर अध्यादेश ल्याउने सरकारको कार्यको विरोध गरेका छन् ।

तत्काल संसद्को अधिवेशन बोलाउन सरकारसँग माग पनि गरेका छन्। 

सरकारले सोमबार संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको थियो। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ