बुधबार, १६ वैशाख २०८३

उपसभामुख ठाकुर बिरामी, अस्पताल भर्ना


काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी बिरामी परेर अस्पताल भर्ना भएकी छन् । उनी बुधबार बिरामी भएर किस्ट अस्पतालमा भर्ना भएकी हुन् ।

उपसभामुख ठाकुर बिरामी भएर अस्पताल भर्ना भएको श्रम संस्कृति पार्टीका नेता सुदीप राईले पुष्टि गरे ।

पार्टीका अध्यक्ष हर्क साङपाङ राईले सामाजिक सञ्जाल मार्फल उपसभामुख विरामी भएकाे जानकारी गराएका थिए ।

' हाम्रा उपसभामुख ज्यु अचानक बिरामी हुनु भो रे भन्ने सुनियो ! काठमाण्डौँमा रहनु भएकाहरुले निकायलाई समेत जानकारी गराएर उचचारमा जुट्नु है ! स्वास्थ्य लाभको कामना ! अहिले म ५थरमा छु !' उनले लेखेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ