बुधबार, ०४ चैत २०८२

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


सांकेतिक तस्बिर

इनरुवा (सुनसरी)। यहाँको बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।

दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ