बिहिबार, ०५ चैत २०८२

रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण (तस्बिरहरू)


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूकाे अभिमुखीकरण सुरु भएकाे छ।

रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरेकाे हो।

पार्टी उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका छन्।

दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ