उदयपुर (गाईघाट)। चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।
टिप्पणीहरू: