शनिबार, ०२ जेठ २०८३

पौडी खेल्ने क्रममा सुनकोसीमा डुबेर एकजनाको मृत्यु


सांकेतिक तस्बिर

काभ्रेपलाञ्चोक। सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ