आइतबार, २५ जेठ २०८२

तोलामा ३ हजार घट्यो सुनको मूल्य


काठमाडौँ। शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ। चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ