- असार ०६, २०८०
काठमाडाैं । काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काडमाडौका प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।
पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। गाडीभित्रै रहेका व्यक्तिको मृत्यु भएको छ । उनकाे शव गाडीबाट निकालिए पनि पहिचान भैसकेकाे छैन । प्रहरीले गाडी नविल बैंकको नाममा रहेको छ।
टिप्पणीहरू: