बिहिबार, ०३ मंसिर २०८३

आन्दाेलनकाे तयारीमा रहन कार्यकर्तालाई ओलीकाे निर्देशन


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनैपनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने ।

ओलीले लाखौंको संख्यामा एमाले सडकमा उत्रने चेतावनी पनि दिए । 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ