बिहिबार, ०३ मंसिर २०८३

दानबहादुरको रिट निवेदनमा अन्तरिम आदेश अस्वीकार


काठमाडौं । प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । तर, अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे  छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश भएको छ । आदेश भने सार्वजनिक भइसकेको छैन ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ