सोमबार, ०४ फागुन २०८२

अब काेही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन पाउने छैन: शर्मा


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने व्यवस्था संविधानमै गरिनु पर्ने बताएका छन् ।

सोमबार लमजुङमा आयोजित कार्यक्रममा उपसभापति शर्माले कांग्रेसले अब दुई पटकभन्दा बढी कसैलाई प्रधानमन्त्री नबनाउने बताए ।

‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी एक/दुई/तीन/चार को नीति संविधानमा अंकित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’

कांग्रेस बदलिएर आएको कुरा बुझेका मतदाताले फागुन २१ को निर्वाचनमा जित दिलाउने पनि उनले विश्वास व्यक्त गरे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ