बिहिबार, ०८ माघ २०८२

भारतको हिमाचलमा भएकाे आगलागीमा सल्यानमा नाै जना नेपाली सम्पर्कविहीन


काठमाडौं । भारतको हिमाचलमा सोमबार राति भीषण आगलागीमा परि ९ जना नेपाली सम्पर्कविहीन भएका छन् ।

भारतस्थित नेपाली दूतावासका एक अधिकारीले दिएकाे जानकारी अनुसार हिमाचलको सोलन जिल्लाको अर्की बजार क्षेत्रमा बस्ने ९ जना नेपाली श्रमिक सम्पर्कविहीन भएका छन् । उनीहरु आगलागीको घटनामा परेको हुन सक्ने बताइएकाे छ ।

आगलागीबाट उक्त बजार क्षेत्रमा १०/१२ वटा घर जलेर ध्वस्त भएको छ। आगलागीका क्रममा ग्यास सिलिडरहरू समेत विष्फोट भएको थियो । आगलागी भएको ठाउँबाट २ वटा शव निकालिएको छ । शवको पहिचान हुन सकेको छैन । शव पहिचानका लागि डीएनए गर्नुपर्ने बताइएको छ ।

हिमाचल सरकारले आगलागीमा परी हराइरहेका व्यक्तिहरूको खोजीकार्यलाई तीव्र पारिएको दुतावासका अधिकारीले बताएका छन् ।

भग्नावशेषमा हराइरहेका नेपालीहरूको सूची हिमाचल प्रहरीले दूतावासलाई उपलब्ध गराएको छ । उक्त सूची अनुसार बेपत्ता हुनेमा सल्यान जिल्लाका ५ महिला र ४ पुरुष छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ