सोमबार, १५ वैशाख २०८२

दोहोरो अङ्कले घट्याे नेप्से, कारोबार ९ अर्ब नजिक


काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो ।

आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूहको उपसूचक दुई दशमलव १४ प्रतिशतले घटेको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ