- असार ०७, २०८०
Photo - lokaantar
काठमाडौ। अमेरिकाबाट निकालिएका नेपालीहरुलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइएकाे छ ।
आधिकारिक कागजातविना अमेरिकामा बसेका ८ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएको हो । उनीहरु सवार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
अमेरिकाबाट फिर्ता पठाइनेमा सात पुरुष र एक जना महिला रहेकाे विमानस्थलकाे अध्यागमन कार्यालयले जनाएकाे छ ।
अवैधानिक आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीतिअनुसार ट्रम्प प्रशासनले उनीहरुलाई चार्टर विमानमार्फत अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल पठाएको हाे ।
आप्रवासीलाई निष्कासन ट्रम्पको आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।
टिप्पणीहरू: