- असार ०६, २०८०
काठमाडाैं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्टी जनाएकाे छ।
गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीसँग जबाफ माग गर्नुपर्ने भए पनि बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति बैठक नै बहिष्कार गरेको छ।
समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव छन्। उनीहरू साेमबार ११ बजे बाेलाएकाे बैठकमा अनुपस्थित रहेको संसदीय दल नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।
टिप्पणीहरू: