शनिबार, २४ जेठ २०८२

नेपाल टेलिकमको जिप दुर्घटना: बाजुराका प्रमुखसहित ३ जनाको मृत्यु, दुई घाइते


फाइल तस्बिर

काठमाडाैँ। बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप मंगलबार जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमाै मृत्यु जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको हाे।

दुर्घटनामा दुईजना घाइते भएका छन्। उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ। नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ