शनिबार, २४ जेठ २०८२

आरोही कामीरिताले गरे ३१औँ पटक सगरमाथाको सफल आरोहण, तोडे कीर्तिमान


काठमाडौँ। विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथाकाे सफल आरोहण गरेका छन्।

सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन्।

अघिल्लो वर्ष शेर्पाले २९ र ३०औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए। पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ।

यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए। उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ