- फागुन ०७, २०८१
काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को उपाध्यक्ष पदमा युवा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी दिने घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ ।
ऊर्जा तथा निर्माण व्यवसायी पन्तले बरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्योल लामाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् । वर्तमान कार्यसमितिमा कोषाध्यक्ष समेत रहेका पन्तको कार्यकालमा नेपालकाे उर्जा क्षेत्रमा प्रभावकारी प्रभाव परेकाे थियाे । विशेष गरी जलविद्युत कम्पनीहरुलाई संगठित गरी इप्पानलाई नीतिगत र आर्थिक रुपमा अब्बल बनाउन पन्तको भूमिका महत्वपूर्ण रहेको उर्जा व्यवसायीहरुकाे भनाई छ ।
पन्तले विगतमा संस्थाको वित्तीय व्यवस्थापन, सदस्यहरूसँगको समन्वय तथा ऊर्जा क्षेत्रका साझा मुद्दाहरूमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण पनि सदस्यहरूमाझ लोकप्रिय छवि बनाएका छन्।
अध्ययनका लागि अमेरिका पुगेका पन्त नेपालमै केही गर्नु पर्छ भन्ने मान्यताले अध्ययन सकेपछि स्वदेश फर्किएका थिए । २७ वर्षको उमेरमै जलविद्युत् क्षेत्रमा प्रवेश गरेका पन्तले त्यसपछि पछाडि फर्किएर हेर्न परेकाे छैन ।
उपाध्यक्षको प्रत्यासी पन्त २२.५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत हुन् । पन्तको नेतृत्वले १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला हाइड्रो पावर र ५० मेगावाट युनाइटेड मेवा हाइड्रो लिमिटेडको आयोजन निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ भने ६ सय भन्दा बढी मेगावाट क्षमताको विभिन्न आयोजनमा लगानी रहेको छ ।
नेपाल चेम्बर अफ कमर्सका कार्यसमिती सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण ब्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरुमा लगानी रहेको देव ग्रुपका अध्यक्ष हुन् ।
पन्तले जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल व्यक्तित्व रूपमा स्थापित गरिसकेका छन् । २० वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको उपाध्यक्षमा बलियो दाबेदार रहेको उनकाे भनाई छ । आफू उपाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरुले सहयोग गर्नेमा पन्त आशावादी छन् । जलविद्युत क्षेत्रमा उत्पादकहरुले भोग्दै आएको समस्याको समधान गर्ने योजना बाेकेका पन्त उर्जामै नेपालकाे आर्थिक वृद्धिकाे सम्भावना रहेकाे बताउछन् ।
टिप्पणीहरू: