बिहिबार, २८ जेठ २०८३

सुन तोलामा पाँच  हजार एकसयले घट्याे


काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच  हजार १०० र चाँदी रु ९० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ । 

हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो ।

गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो ।  
 
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ