- असार ०६, २०८०
फाइल तस्विर
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको हो ।
यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा सवारी आवागमन बन्द रहनेछ ।
पहिरो पन्छाउने कार्यका क्रममा सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
टिप्पणीहरू: