- असार ०७, २०८०
काठमाडौं । तुइनखोलामा निकै ठूलाे सुक्ख पहिरो गएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवन प्रहरीकाे भनाई छ ।
सडक नै भासिन सक्ने जोखिमका कारण अहिले प्रहरीले सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेकाे छ ।
टिप्पणीहरू: