बिहिबार, ०६ कात्तिक २०८२

ओली भन्छन्- देश बनाउने कर्मठ युवाहरु जिम्मेवार हुनु पर्छ


काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओली सैनिक व्यारकेबाट फर्किएपछि पहिलाे पटक सार्वजनिक भएका हुन् ।

भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले युवाहरु देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 “हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ । असभ्य र गैह्रजिम्मेवार हुनु हुँदैन । देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरुले काम गर्नुपर्छ । युवाहरु हावामा कुद्न हुँदैन ।” उनले भने ।

जेनजी प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्दै  नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने भनाई राखे ।  “बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन ।”

गत भदाै २३ गने सामाजिक सञ्जाल बन्दकाे विराेध र सुसाशनकाे पक्षमा जेनजी पुस्ताले गरेकाे आन्दाेलनमा प्रहरीकाे गाेली लागेर १९ जनाकाे मृत्यु भएपछि आक्राेसित समुहले अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेतृत्वकाे घर आगाेलगाएर ध्वास्त पारेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर ओली बालुवाटारबाटै सेनाकाे हेलिकाेप्टरमा सैनिक ब्यारेक पुगेका थिए ।

ब्यारेकमा नाै दिन बसेर फर्किएर आएका ओली अहिले नेतृत्वमा रहिरहनका लागि लबिङमा लागेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ