बुधबार, ०५ कात्तिक २०८२

पहिराे पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो पन्छाएसँगै केहीबेर अघिदेखि दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । मङ्गलबार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् ।
 
सडकमा गत एक सातादेखि मालबाहक सवारी रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिक रूपमा खुला भएको समयमा पार भएका थिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ