सोमबार, २९ वैशाख २०८२

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुला


भरतपुर (चितवन)। इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरेको  र दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ