सोमबार, २९ वैशाख २०८२

काेइला बाेकेकाे ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध


काठमाडाैं ।  शनिबार बिहान तुइनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। 

चितवन प्रहरीका अनुसार शनिबार बिहान करिब ७ बजे वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको कोइला बोकेको ट्रक अनियन्त्रित भई बीच सडकमा पल्टिएको हो। 

मधेस प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक पल्टिँदा सडकका दुवै लेन बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंहको नेतृत्वमा गएको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ। 

सडक अवरुद्ध हुँदा उक्त खण्डमा सवारी जाम बढ्दै गएको छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ